सुर्खेत । नेपाल प्रेस युनियन सुर्खेतको अध्यक्षमा मधुवन विसी र सचिवमा रमेशकुमार पाण्डे (आरके) निर्वाचित भएका छन्। शनिबार वीरेन्द्रनगरमा भएको आठौँ जिल्ला अधिवेशनले नयाँ कर्यासमिति चयन भएको हो।

यस्तै, अधिवेशनबाट उपाध्यक्ष (खुला) मा बुद्ध सिंह ठकुरी र महिला उपाध्यक्षमा सीता आचार्य, सह–सचिवमा संगिता भण्डारी र कोषाध्यक्षमा टेकराज केसी लाई चयन भएका छन्।


यस्तै, सदस्यहरुमा मानबहादुर खड्का, नवीन सुवेदी, जगतदल जनाला विक, कमलकुमार न्यौपाने, विष्णु सापकोटा, अम्मरबहादुर कार्की, हुमबहादुर कार्की, महिला सदस्यमा भावना राना, अनमिका बोहरा चयन भएका छन्।


नेपाल कर्म । ६ श्रावण २०८०, शनिबार २१:४३