सुर्खेत । युवा व्यवसायी कमल खड्का ‘जुनी’ नेकपा एमाले सुर्खेतको जिल्ला कमिटी सदस्यमा मनोनित भएका छन् । युवा संघ सुर्खेतका ईन्चार्ज समेत रहेका खड्कालाई नेकपा एमाले सुर्खेतले सदस्य पदमा मनोनित गरेको हो ।

सुर्खेत देउति नागरिक यतायात प्रा.लि.का अध्यक्ष समेत रहेका खड्का युवा संघ नेपालका पूर्व केन्द्रीय सचिवालय सदस्य थिन् । उनी पूर्व युवा संघ सुर्खेत जिल्ला इन्चार्ज तथा पूर्व सुर्खेत युवा संघ जिल्ला अध्यक्षसमेत रहेका थिए । उनले पार्टीले विश्वास गरेर दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र पार्टीका हरेक गतिविधिहरुमा सक्रिय सहभागीता जनाउने विश्वास व्यक्त गरको छन् ।


नेपाल कर्म । ६ श्रावण २०८०, शनिबार २१:०१