सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघ अन्तरगत रहेको हार्डवेयर वस्तुगत समितिका निवर्तमान अध्यक्ष योगेश खत्रीको सम्झनामा वृक्षारोपण गरिएको छ । हार्डवयेर वस्तुगत समितिको आयोजनामा शनिवार वीरेन्द्रनगरको यरिचोक क्षेत्रमा खत्रीको सम्झनामा वृक्षारोपणको आयोजना गरिएको हो ।

सामाजिक क्षेत्र अवरोत्र खटिने खत्रीको सम्झना स्वरुप फोरलेन सडक खण्डको डिभाइडरमा विभिन्न प्रजातिका विरुवाहरु वृक्षारोपण गरिएको हार्डवयेर वस्तुगत समितिका अध्यक्ष दिनेश ढकालले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार यरिचोकदेखि सुर्खेत अस्पतालसम्मको डिभाइडर चार प्रजातिका विरुवाहरु वृक्षारोपण गरिएको छ ।

‘हार्डवयेर समितिसँगै व्यापारीहरुको हकहितमा जहिले अघि सर्ने एक कुशल व्यवसायीको दुःखद निधनले हामीलाई स्तव्ध बनाएको छ,’ ढकालले भने, ‘उहाँ भौतिक रुपमा हामीसँग नभएपनि उहाँले विगतमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्झना स्वरुप वृक्षारोपण गरेका हौं ।’


वृक्षारोपण कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलसहितको टोली समेत सहभागी थिए । कार्यक्रममा बोल्दै कँडेलले स्वर्गीय खत्रीले व्यवसायीक क्षेत्रमा पु¥याएको अतुलनिय सहयोगमा प्रंशसा गरेका छन् । ‘व्यापार क्षेत्र परेको दुःखमा मात्रै नभएर समाजका अन्य हरेक गतिविधिमा उहाँको सक्रिय सहभागीता थियो,’ कँडेलले भने, ‘एक कुशल व्यवसायी सहकर्मी गुमाउँदा सुर्खेत उद्योग बाणिज्य संघ स्तव्ध छ । साथै उहाँले गरेका हरेक कामहरुलाइ जीवन्त राख्न सदैव संघ प्रतिवद्ध छ ।’
स्वर्गीय खत्रीको अगुवाईमा विभिन्न आन्दोलनमा क्षतीग्रस्त प्रहरीका विटहरु निर्माण, गिरिघाटका बाढीपहिरो विस्थापित परिवारका सन्तानहरुलाई शैक्षिक सामग्री वितरण र कोभिडको समयमा हार्डवेयरमा कार्यरत करिव पाँच सय मजदुरहरुलाई खाद्यन्न सहयोग गरेका थिए । उनकै अगुवाईमा देउती बज्यै मन्दीर क्षेत्रमा आवश्यक भौतिक संरचना निर्माणमा समेत सहयोग गरेको समितिका अध्यक्ष ढकाल सम्झन्छन् ।

नेपाल कर्म । ६ श्रावण २०८०, शनिबार १७:३१