जुम्लामा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी

सुर्खेत । जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका–४ का करिब सात वटा घरमा अज्ञात समूहले आगो लगाएको छ। गएराती करिब १० बजेदेखि १२ बजेको समयमा उक्त समूहले आगो लगाएको हो।



जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौरका करिब ५ देखि ७ वटाका घरमा आगलागी प्रहरीको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले गएराती आगलागी भएको खबर पाएपछि प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिए।

उनले भने, ‘करिब पाँचदेखि सात वटा घरहरुमा आगलागीबाट आशिंक रुपमा क्षेती पुगेको छ। शुक्रबार राती १० बजेदेखि १२ बजेको समयमा अज्ञात समूहद्वारा आगो लगाएको भन्ने खबर प्रहरीलाई आएको थियो। उक्त आगो कसैको घरको ठोकामा, झ्यालमा लगाइएको छ।’

यस्तै, प्रहरीकाअनुसार आगजनी कसले किन गर्‍यो भन्ने विषय अहिलेसम्म खुलेको छैन्। आगजनी एउटै गाउँको घरमा नभई विभिन्न गाउँका घरहरूमा भएको छ।

तपाईको प्रतिक्रिया