प्रकाश सपूतकाे ‘दमाई महाराज’  सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपूतले आफ्ना हिट गीत ‘गलबन्दी’ र ‘बोल माया’को दोस्रो भाग भोली शुक्रवार सार्वजनिक गरेका छन्। आफ्नो करिअरका दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’को दोस्रो भागका रुपमा उनले ‘दमाई महाराज’ ल्याएका हुन्।



बुधवार पोष्टर सार्वजनिक गर्दै उनले भनेका थिए, ‘विश्वास छ यो गीतले हाम्रो मन भुलाउन सहयोग गर्नेछ। र, विश्वास यो पनि छ, यो भिडियोले हाम्रो विभेदकारी अन्धविश्वासलाई चिर्न सहयोग गर्ने छ!’

उनको यो सिर्जना जातीय विभेदविरुद्धकाे रहेकाे छ।

प्रकाशले वर्ष २०८० मा ‘जातीय विभेद विरुद्धको वर्ष’ को रुपमा आफ्ना सिर्जनाहरू ल्याउने घोषणा गरेका थिए। यतिबेला उनको अभिनय रहेको तीज गीत ‘कमाउनेनी हो, रमाउनेनी हो’ युट्युबको शीर्षस्थानमा छ।

तपाईको प्रतिक्रिया