बबईबाट १ क्विन्टल ५५ किलो चिनी बरामद

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका–५ बाट अवैध चिनी बरामद गरिएको छ। प्रहरीले भेरीगंगा–५ बबईबाट उक्त चिनी बरामद गरेको हो।



नेपालगञ्जदेखि अछामका लागि छुटेको लु २ ख ६५६१ नम्बरको फोर्स गाडीलाई प्रहरीले चेकजाच गरेको थियो।

अस्थायि प्रहरी पोष्ट बबईबाट खटिएको ५ जनाको प्रहरी टोलीले उक्त गाडीलाई चेक जाँच गर्ने क्रममा कुनै पनि बिल नभएको १ क्विन्टल ५५ किलो चिनि बरामद
गरेको छ।

तपाईको प्रतिक्रिया