दैलेखको चामुण्डाका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

सुर्खेत । दैलेखको चामुण्डामा डुबेर दुई बालिकाको मृत्यु भएको छ। बिहीबार साझ ६ बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोला गाउँका बालिकाको मृत्यु भएको हो।



जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घर नजिकै सिचाँइका लागि बनाइएको पोखरीमा डुबेर उनिहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा ८ वर्षीय बिपना खप्तडी मगर र ५ वर्षीया सपना खप्तडी मगर रहेका छन्।

बालिकाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया