सुर्खेत । गएरातीदेखि परेको वर्षातपछि पहिरोका कारण अवरुद्ध रातानाङ्गला–धरमपोखरा सडक दुई घण्टापछि सुचारु गरिएको छ । रातानाङ्गला बजारदेखि करिव तीन सय मिटर अगाडी खसेको पहिरो दुई घण्टापछि गुराँस गाउँपालिकाको डोजरले हटाएपछि सडक सुचारु गरिएको हो ।

शुक्रबार विहान साढे ९ बजेतिर पहिराे खसेकाे दैलेख प्रहरीले जनाएकाे छ । सडक अवरुद्धहुँदा वीरेन्द्रनगर र दैलेखबाट धरमपोखरा र चिगांड जाने तथा धरमपोखराबाट रातानाङ्गलातर्फ आउने सवारीहरु रोकिएका थिए । पालिकाको डोजरले पहिरो हटाएपछि एकतर्फी सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोतम कार्कीले नेपालकर्मलाई जानकारी दिए ।


उनकाअनुसार पहिरो पूर्ण रुपमा नहटाएको र रोकिएका सावरीहरु गन्तव्यतर्फ पठाएपछि पुनः पहिरो हटाइनेछ । यता, कर्णाली राजमार्गको रामाघाटमा गएको पहिरो पनि हटाएर सडक सुचारु गरिएको दैलेख प्रहरीले जनाएको छ ।

नेपाल कर्म । ५ श्रावण २०८०, शुक्रबार १२:५७