एजेन्सी । युरोपको ठूलो भूभाग चर्को गर्मीको चपेटामा छ। इटालीको सार्डिनिया टापुमा ४६ डिग्री सेल्सियस मापन गरिएको छ।

स्पेनको ला पाल्मा टापुमा भीषण आगलागी भएको छ। ग्रीसमा पनि धेरै ठाउँमा जंगलमा आगोले जनजीवन प्रभावित पारेको छ।


गर्मीका कारण मान्छेहरूको जनजीवन प्रभावित बनेका छन् भने स्वास्थ्यमा गम्भीर असर देखिँदा अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएकझ अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
वर्ल्ड मेटियोरोलजिकल अर्गनाइजेशनका अनुसार यस्तो मौसमसँग जुध्ने एउटै उपाय छ र त्यो भनेको जलवायु परिवर्तनलाई रोक्न कठोर कदम चाल्नु हो।

नेपाल कर्म । ५ श्रावण २०८०, शुक्रबार १२:१४