सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सचिव तथा एमाले नेता टेकराज पछाईंले अहिलेको गठबन्धन सरकारलाई व्यङ्या गरेका छन्।
सरकार र उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठलाई कटाक्ष गर्दै नेता पछाईंले बाहिर सुशासनको डङ्का पिट्ने भित्र सेटिङ्गमा सुन ओसार्दै गर्ने ? भन्दै प्रश्न गरेका छन्।

पछाईंले फेसबुकमा लेखेका छन्, ‘सरकार त यस्तो होस बाहिर सुशासनको डंका पिट्ने। भित्र सेटिङ्गमा सुन ओसार्दै गर्ने। क्विन्टल सुन एअरपोर्टको तेत्रो चेकिङ्ग पार गरेर सिनामंगल आइपुग्दासम्म गृहमन्त्रीले जिम्मेवारी लिनुपर्दैन?’


नेपाल कर्म । ५ श्रावण २०८०, शुक्रबार ११:०६