१२ वर्षपछि १२ लाखमा जोडिएका घण्टाघरका घडी ६ महिना नबित्दै भुसुक्कै निदाए

गरियाे पुन: मर्मत

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको घण्टाघरमा नयाँ घडी जोडेको ६ महिना भित्रै बिग्रिएपछि मर्मत गरिएकाे छ। १२ वर्षपछि १२ लाखमा नयाँ जडान् गरिएका उक्त घडीहरु ६ महिना नबित्दै भुसुक्कै निदाएका थिए।



यस पहिला घण्टा घरमा जोडिएका उक्त घडिहरू बिग्रिएको १२ वर्षपछि १२ लाखमा पुनः निर्माण गरिएको थियो। उक्त घडीले प्रत्येक घण्टा/घण्टामा जति समय भयो उति पटक घण्टी बज्ने गरेको थियो। तर, विगत केही दिनदेखि बज्न बन्द भएका उक्त घण्टी आजबाट नियमित बज्न थालेका छन्।

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा गत पुस महिनामा १२ वर्षसम्म बन्द रहेको पुरानो घडी निकालेर नयाँ राखिएको थियो।

२०४५ सालमा चीन सरकारको सहयोगमा बनेको घण्टाघरको घडी करिब १२ वर्षदेखि बन्द भएका थिए। २०६३/०६४ सालदेखि बन्द भएका घण्टाघरका पुराना घडी हटाएर नयाँ घडी जडान गरिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको थियो।

घण्टाघरमा चारै दिशामा १/१ गरि जम्मा ४ वटा घडी राखिएका छन्। ती नयाँ घडीहरु भारतबाट मगाएर जडान गरिएका छन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रमुख पर्यटकीय गन्तव्यहरु मध्ये घण्टाघर पनि एक महत्वपूर्ण स्थल हो। घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट वीरेन्द्रनगरको आधा उपत्यका निहाल्न सकिन्छ।

यता वीरेन्द्रनगर नगरपालिकाका सुचना अधिकारी उत्तमप्रसाद आर्चालयले यस अघि नेपालकर्मसँग कुरागर्दै नयाँ घडि चलेको छन् वा बिग्रिएका छन् भन्ने बारेमा कुनै जानकारी नभएको बताए थिए। उनले भने, ‘हिजो, आज पालिकाको कामले व्यस्थ बनाएको छ। घडीको बारेमा कुनै जानकारी छैन्। के भएको रहेछ। म बुझेर खबर गर्छु।’

तर, आज (साउन ४) गते बिहीबार बिग्रिएका घडीकाे मर्मत गरेपछि  नियमित रुपमा सञ्चालनमा आएका छन्।

यस्तै, गत पुसमा गडी जडान गर्दा वीरेन्द्रनगर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले भारतबाट ल्याइएर घण्टाघरमा राखिएका चार वटा घडी अमेरीकन टेक्नोलोजीको भएका र यो खालको घडी विश्वकै सबैभन्दा राम्रो कम्पनीको रहेको दाबी गरेका थिए।

तपाईको प्रतिक्रिया