काठमाडौं । सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थलमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
जिक्वान लिनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ। एक क्विन्टल सुन तस्करीमा लिनको भूमिका देखिएको बुझिएको छ।
उनी तिब्बेत एयरमार्फत चीन जान लागेका थिए। राजस्व अनुसन्धान विभागले अध्यागमन विभागलाई रोक्न पत्राचार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।


उनलाई विभागको जिम्मा लगाइएको विमानस्थल स्रोतले जनाएको छ।

नेपाल कर्म । ४ श्रावण २०८०, बिहीबार १६:२४