सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर–१२ एयरपोर्ट चोक बस्ने २१ वर्षीयआयुष श्रेष्ठ रहेका छन्।
उनलाई पक्राउ गर्नका लागि ४ जनाको प्रहरी टोलि खटिएको थियो।
उनलाई शंका लागेर चेकजाचँ गर्ने क्रममा नापतौल नगरेको ३ पुडिँया लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको थियो।


श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर उनिमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल कर्म । ४ श्रावण २०८०, बिहीबार १२:०३