सुर्खेत । दैलेखमा एक सुत्केरीको नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ । आठविस नगरपालिका–५सुगरखाल दैलेखकी २३ वर्षीय पवित्रा सुनारको सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो ।

पिपलकोट स्वास्थ्य चौकीमा सुत्केरीका लागि भर्ना भएकी सुनारको बच्चा जन्मिएपनि रक्तश्राव नरोकिँदा उद्दार गर्नु परेको स्वास्थ्यकर्मी गाेविन्द शाहीले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार सुनार र बच्चाको अवस्था ठिक भएपनि रक्तश्राव रोकिएको छैन् ।
उद्दारका लागि जिल्ला प्रशासन कार्यालय दैलेखलाई अनुरोध गरिएको र राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सुर्खेतबाट सेनाको हेलिकोप्टर पिपलकोट पुगेको शाहीले बताए । उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सिफारिस गरिएको छ ।


*यसअघि स्वास्थ्यकर्मीकाे नाम फरक परेकोमा क्षमाप्रार्थी छाैं-सम्पादक

नेपाल कर्म । ३ श्रावण २०८०, बुधबार १८:३६