६१औँ इन्जिनियर दिवस : विकासका खम्बा इन्जिनियरहरू

स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इन्जिनियरहरूलाई ६१औँ इन्जिनियर दिवसको हार्दिक मङगलमय सुभकामना। इन्जिनियर दिवस मनाउनै गर्दा इन्जिनियरहरूले देश विकासका लागि गरेको योगदान प्रती सम्पूर्ण अग्रज इन्जिनियरहरूलाई समान साथै हार्दिक कृत्यज्ञाता व्यक्त गर्दछु।



देश विकासको मुख्य खम्बा भनेका इन्जिनियरहरू हुन। विश्वका शक्ति राष्ट्रहरू अहिले जमिन, समुन्द्र, आकाशदेखि अंतरिक्षासम्म इन्जिनियरहरूलाई देशको खम्बा मानेर विकास गर्ने पेरणा प्रदान गरेका छन। देश विकासका लागि, सम्रग विकासका योजना बनाउनु पर्छ।

जस्तैः बाटो, रेल मार्ग, जलमार्ग, हवाई, उधोग कलकारखाना सबैको सम्रग देशको गुरु योजना बनाई इन्जिनियरहरूलाई विकास निर्माणमा खटाउनु पर्छ। तर, हामो देशमा तीनै तहका सरकारहुँदा कुनै गुरु योजना अनुसार विकास निमार्ण नहुने, चारै तिरबाट इन्जिनियरहरू माथि दोष देखाउने साथै आफु राम्रो बने परिपाटी रहेको छ।

सबैलाई अवगत छ। इन्जिनियरहरू धेरै बोल्दैन काम र कर्ममा विश्वास गर्छन्।

हामी ईन्जिनियरहरू ६१औँ दिवसमा आईपुग्दा हजारौँ इन्जिनियरहरू किन देशबाट पलायन भए? नेपालमा काम गरिरहेका इन्जिनियरहरू माथि किन कुटपिट हुन्छ? किन हामी इन्जिनियरहरू सशस्त्र रूपमा प्रतिकार किन गर्ने सक्दैनौँ?

अब हामिले समिक्षा किन नगर्ने दक्ष जनशक्ति देशबाट बाहिर जाँदै गर्दा र देशमा रहेका इन्जिनियरहरूलाई उचित पारिश्रमिक र उचित सुरक्षा पदान गरि स्वस्फूर्तबाट काम गर्न वतावरण बनाउन जरूरि देखिन्छ।

अरू देश विकास भए भनेर त्यहीँ देशमा दौडिने वातावरण बनाउने कि हामो देश हामी नै विकास खटिनु पर्छ भनेर अगाडि बढ्ने? यसको नेतृत्व नेपाल इन्जिनियर एसोसिएसन र नेपाल इन्जिनियर काउन्सिलले जिम्मेवार भएर काम गर्नु नै पर्छ।

सबै क्षेत्रमा कार्यरत सम्पूर्ण इन्जिनियरहर एक भए देश विकास र समाज रूपान्तरण तिर अगाडि बढनु आजको आवश्यकता हो। हजारौं इन्जिनियरहरूलाई देशभित्र काम गर्ने वतावरण मिलाई देशलाई विकास उत्मुख तिर अगाडि बढन जरूरि छ।

लेखक इन्जिनियर बमबहादुर भण्डारी 

तपाईको प्रतिक्रिया