काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन्। साथै पार्टी संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङलाई दिएका छन्।
आफू कम्बोडिया जाने भएपछि उनले पार्टीको कार्यवाहक अध्यक्ष र संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी क्रमशः पोखरेल र नेम्वाङलाई दिएका हुन्।

ओली गए राति नै कम्बोडिया प्रस्थान गरेका छन्। उनी त्यहाँ हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन्। ओली साउन ८ गते स्वदेश फर्किने कार्यतालिका छ।


नेपाल कर्म । ३ श्रावण २०८०, बुधबार ०९:५७