सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा एक जना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर–११ सुब्बाकुना नजिकै पुरुष मृत फेला परेको जनाएको छ।

अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त मृत अवस्थामा फेला परेको ठाउँमा विषको बोत्तल पनि फेला परेको छ।
हाल उक्त पुरुषको शव प्रदेश अस्पताल कालागाँउमा राखिएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल कर्म । २ श्रावण २०८०, मंगलवार १५:४९