सुर्खेतबाट लागूऔषधसहित दुई जना पक्राउ

सुखेत । सुर्खेतबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले भेरीगंगा नगरपालिका ५ स्थित चेक पोष्ट अगाडीबाट पक्राउ हो।



नेपालगंजबाट सुर्खेततर्फ आउदै गरेको भे ५ प २८६६ नम्बरको स्कुटीबाट अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलीले फेला पारेको हो।

पक्राउ पर्नेमा स्कुटर चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ बस्ने अन्दाजी ३० वर्षीय दिपेन्द्र रोकाय र स्कुटरको पछाडी सवार वीरेन्द्रनगर–७ बस्ने अन्दाजी ३० वर्षीय दिपक गौली रहेका छन्।

प्रहरीले उनिहरुको साथ बाट शुद्ध तौल १ ग्राम ४२० मिलि ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको हो।

तपाईको प्रतिक्रिया