सुर्खेत । जिल्लाको भेरीगंगाबाट बिल नभएको चिनी र सुपर पावार सूर्ति प्रहरीले बरामद गरेको छ। नेपालगंजदेखि सुर्खेततर्फ आउदै गरेको कर्णाली प्रदेश ०१०० नम्बरको फोर्सगाडीबाट सामान बरामद गरिएको हो।
भेरीगंगा नगरपालिका–१२ स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट ड्युटिमा खटिएको प्रहरी टोलीले उक्त चेकजाँच गरेको हो।

प्रहरीले गाडीलाई चेकजाँच गर्ने क्रममा बिल नभएको ५० किलोको ५ बोरा चिनी र सुपर पावर सूर्तीको ८९ पोका नियन्त्रणमा फेला पारेको हो।


नेपाल कर्म । १ श्रावण २०८०, सोमबार १६:०६