हुम्ला । सुत्केरी व्यथा लागेर थलिएकाे एक किशाेरीकाे हेलिकाेप्टरबाट उद्दार गरिएकाे छ । तीनदेखि सुत्केरी व्यथा लागेर थलिएकी ताजाँकाेट गाउँपालिका-३ की १९ वर्षिय मनपुरा मल्ल हमाललाई नेपाली सेनाकाे हेलिकाेप्टरबाट उद्वार गरिएकाे हाे।


सुत्केरी व्यथा लागेकी हमाललाइ मैला स्वास्थ्य चाैकीमा भर्ना गरिएकाे थियाे । तर लामाे प्रयास गरेपनि सुत्केरी गराउन नसकेपछि एयर लिप्टिङ गरेर कर्णाली प्रदेश प्रदेश अस्पताल सुर्खेत पठाइएकाे स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिए । राष्टपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाकाे हेलिकप्टरबाट मल्लकाे उद्वार गरिएकाे स्वास्थ्य शाखा प्रमुख ढकालकाे भनाइ छ ।


नेपाल कर्म । ३१ असार २०८०, आईतवार १७:११