कर्णालीका प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणिकरण

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले विधेयक प्रमाणिकरण गरेका छन् । कर्णाली प्रदेश सभाबाट पारित भएका दुई विधेयकलाई प्रमाणिकरण गरेका हुन् ।



प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेक र आर्थिक वर्ष आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यको लागि कर्णाली प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परियारले प्रमाणिकरण गरेका छन् ।

परियारले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरण गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया