कर्णालीमा प्रहरीले थाल्याे “घरघरमा स्टिकर टाँस अभियान”

सुर्खेत । कर्णाली प्रदेश प्रहरीले घरघरमा स्टिकर टाँस अभियान थालेकाे छ  । शीघ्र खबर संकलन, सम्बन्धित निकायको पहुँच र सुरक्षाको अनुभूति नागरिक मैत्री सेवाको अपरिहार्यतालाई प्रभावकारी बनाउने उदेश्यले याे अभियान लागू गरेकाे हाे ।



अभियानले सबै नागरिकहरुलाई प्रहरी सेवामा सहज पहुँचको लागि प्रत्येक घरघरमा नजिकका प्रहरी युनिटहरुको फोन नम्बरसहित स्टिकर टाँस गरिएको छ ।

अभियानकाे रक्षामन्त्री एवम् उप-प्रधानमन्त्री पूर्णबहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी र वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख माेहनमाया ढकालले शुभारम्भ गरेका छन् ।

प्रदेशको जुनसुकै क्षेत्र वा भूगोलमा बसिरहेका नागरिकहरुले कुनै शंकास्पद चिज वस्तुहरु थाहा पाएमा, देखेमा वा आफुले असुक्षित महसुस गरेमा नजिकको प्रहरीसम्म तत्काल खबर दिन वा लिनको लागि अन्य व्यक्तिहरुको सहरा लिन नपरोस र आफै टेलिफोनमार्फत प्रहरीमा सिधा कुरा पुर्याउन सहयाेग हुने अपेक्षा प्रहरीको छ ।

नागरिकहरूको सूचना बमोजिम नजिकको प्रहरी छिटो भन्दा छिटो घरघरमा पुगी आवश्यक सुरक्षा पुऱ्याउन सकियोस, आपराधिक गतिविधिहरु निरुत्साहित गर्न सकियोस र नागरिकहरुलाई अझ नजिकबाट सेवा दिन सकियोस भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआईजी) भिमप्रसाद ढमालले जानकारी दिए ।

उनले कतिपय नागरिकहरुले प्रहरीको फोन नम्बर थाहा नभएको कारणले गर्दा तत्काल जानकारी दिन नसक्ने र ढिलो खबर गर्ने बाध्यताको कारण अपराधी भागि सकेको हुन सक्ने तथा नागरिकलाई सुरक्षाको अनुभूति हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै अभियानलाई १० वटै जिल्लामा लागू गरिएकाे उनले बताए । कर्णाली प्रदेश भित्रका दश (१०) वटै जिल्लाहरुमा रहेका ३ लाख ७१ हजार भन्दा बढि घरधुरिहरूमा प्रहरीको फोन नम्बर भएको स्टिकर प्रत्येक घरहरूको मूल ढोकामा टाँस गरिनेछ।

स्टिकर टाँस अभियान सञ्चालन गर्न स्थानिय तह र प्रदेश सरकारसँग आवश्यक समन्वयबाट गरिएको हाे । अभियानमा तीनहजार प्रहरी खटिने कार्यालयले जनाएको छ ।
<span;>

तपाईको प्रतिक्रिया