एमाले कर्णालीको सचिवमा टेकराज पछाई

सुर्खेत । नेकपा एमालेको‌ कर्णाली प्रदेश कमिटीको सचिवको जिम्मेवारी टेकराज पछाईले पाएका छन्। आज बसेको नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले नेता पछाईलाई जिम्मेवारी प्रदान गरेको हो।



यसअघि सचिव कमल शाही थिए भने पछाई उपसचिव थिए। जुम्ला (ख) बाट कर्णाली प्रदेशसभामा निर्वाचित पछाई‌‌ एमाले संसदीय दलको प्रमुख सचेतक समेत हुन्।

तपाईको प्रतिक्रिया