शुरु भयाे तीज राैनक, सार्वजनिक भयाे ”सम्झेर माईतीको आँगन”

सुर्खेत । याे वर्षकाे हरितालिका तीज आउन अझै दुई महिना बाँकी छ । तर बजारमा दर्शकहरुका लागि एकपछि अर्काे गर्दै तीज गीत सार्वजनिक भइरहेका छन् । भर्खरै मात्रै नयाँ तीज गीत काेशेली सम्झेर माईतीकाे आँगन बाेलकाे सार्वजनिक गरिएकाे छ।



कुमार कार्कीको रचना तथा कविराज गिरीको संगित रहेको गीत श्रीनाथ फिल्मसको ब्यानर तथा कृपा एण्ड कृतिका प्रोडक्सन सहकार्यमा निर्माण गरिएकाे हाे । गीत A1 ENTERTAINMENT युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हिन्दु नारीहरुको महान पर्व तीज बिशेष गरी गीतमार्फत माईतीलाई सम्झने पीर ब्यथा भुलाएर रमाईलो गरिने पर्व हो । बदलिदो समयसँगै तीजको मर्म संकृती हराउँदै गएकाले यस वर्ष मौलिक तीज गीत बजारमा ल्याएको गीतकार कुमार कार्कीले जानकारी दिए ।

गीतमा स्वर सुर्खेती चेली टिका पुनको छ । गीतमा अभिनय चर्चित मोडल आरुसी मगरको रहेको छ । गीतको शब्दले भने जसरी नै भिडियोको छायांकन गरिएको र भिडियोमा भड्कीलाेपनाभन्दा मौलिकतालाई बिशेष ध्यान पुर्याईएको निर्देशक निर्मल प्याकुरेलले बताए ।

गीतमा नृत्य निर्देशन चन्द्र मन्दिरको रहेको छ भने सह-नृत्य निर्देशन पवन कुमार योगीले गरेका छन् । गीतको छायांकन तथा सम्पादनको कार्य सुर्खेतमै भएको हो । यस गीतको छायांकन अर्जुन सापकोटाले गरेका हुन भने सम्पादन तथा कलर ग्रेडिङ्ग निर्देशक प्याकुरेल ले नै गरेका हुन् ।

तपाईको प्रतिक्रिया