युवराज पौडेल।
लोकप्रिय गायक एवं आवाजका धनी कुलेन्द्र विश्वकर्माको ‘आँखैमा बसेकी मायालु’ बोलको नयाँ लोकदोहोरी गीत बजारमा सार्वजनिक भएको छ। गीतकार प्रल्हाद सुवेदीले प्रेम सम्बन्धको को विषयलाई लिएर मिठास शब्दहरु सृजना गरेका छन्। उक्त गीतमा गायक कुलेन्द्र विश्वकर्मा र गायिका सुनिता बुढा क्षेत्रीले आवाजमा साथ दिएकी छन्।


साथै गीतको संगीत लोकप्रिय संगीतकार बसन्त थापाले श्रृजना गरेका हुन्। गीतको संगीत संयोजन एरेन्ज आशिष अविरलले गरेका हुन्। त्यस्तै मनोज परियारले गीतको मिक्सिङ्ग गरेका छन।

म्युजिक भिडियोमा कुलेन्द्र स्वयंमले नृत्य एवं अभिनय गरेका छन् भने उनको जोडीका रुपमा मोडल अञ्जली अधिकारीले साथ दिएकी छिन्। मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई अजय रेग्मीले छायांकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन्।
पछिल्लो समय गायक कुलेन्द्र विश्वकर्मा अत्याधिक बढी रुचाइएका गायक हुन्। उनका एक पछि अर्को गीतले बजार तताउँदै गएका छन्।

नेपाल कर्म । २९ असार २०८०, शुक्रबार ०९:३०