कर्णालीका १४ वटा हिरासतमा पुस्तकालय स्थापना हुने

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका १४ वटा हिरासतमा पुस्तकालय स्थापना गरिने भएको छ। जिल्लाका जिल्ला प्रहरी कार्यालय र ईलाका कार्यालयमा १५ दिनभित्र पुस्तकालय स्थापना गरिने भएको हो।



कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले कारागारमा रहेका कैदीहरुलाई अध्ययनशील, कारागारको समयलाई समेत उत्पादनशील र अध्ययन तथा ज्ञानवर्दक शिक्षाका लागि पुस्तकालयको स्थापना गरिन लागेको जानकाी दिए।

‘उनले भने, ‘अब काररागारमा एक कोठामा पुस्तकालय हुने छ। पुस्तकालयमा विभिन्न खाले पुस्तकालय पढ्न पाइनेछ। कारागारलाई किताब अभियानबाट प्रभावित भएर पनि यस्तो अभियान थालेको छौँ।’

साथै, कर्णाली प्रदेशमा कारागारलाई किताब अभियानको गठन गरिएको छ। उक्त अभियानमार्फत यो भन्दा पहिला ४० हजार भन्दा बढी पुस्तक हस्तान्तरण गरिएको छ।

तपाईको प्रतिक्रिया