दैलेखमा खोलाले बगाएर एक जनाको मृत्यु

सुर्खेत । दैलेखको नौमुलेमा खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ। नौमूले गाउँपालिका–८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको लोहोरे खोलाले बगाएर मृत्यू भएको प्रहरीले जनाएको छ।



दैलेख बजारदेखि घरतर्फ पैदल जाँदै गर्दाबिहीबार साँझ झिल्के नजिक भीरबाट चिप्लिएर भीरबाट लोहोरे खोलामा खसेका थिए।

खोलामा खसिसकेपछि खोलाले बगाएको नौमूले गाउँपालिका–८ का वडाध्यक्ष दिपक हमालले जानकारी दिए।

प्रत्यक्षदर्शीले जानकारी गराएपछि खोजीमा जुटेको प्रहरी र स्थानीयहरुको टोलीले शुक्रवार विहान करिब ८ किलोमीटर टाढा सिमाडामा रिमालको मृत शव फेला परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया