सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट कुटपिट मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर–१३ ईन्द्रपुर की २० वर्षीय ललित दमाईलाई पक्राउ गरेको हो।
ललितलाई जिल्ला अदालत सुर्खेतको लगत नं ३२४७ बमोजिम कुटपिट मुद्दामा ३ महिना कैद र पाच हजार जरिवाना तोकेको थियो।

त्यसपछि फरार ललित दमाईलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो।


नेपाल कर्म । २९ असार २०८०, शुक्रबार ०८:१८