सुर्खेत । प्रहरीले बहुविवाह मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। सल्यानको सारदा नगरपालिका–१२ डाग्री बस्ने दुई प्रतिवादीलाई पक्राउ गरेको हो।
प्रहरीले ३२ वर्षीया तिलक बस्नेत र उनको श्रीमति ३३ वर्षीय अनिता चलाउनेलाई प्रहरीले दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ गाईडारबाट पक्राउ गरेको जनाएको छ।

ईलाका प्रहरी कार्यालय तुलसिपुर दाङसँग समन्वय गरी जिल्ला गाईडारमा लुकिछिपि बसेको अबस्थामा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको छ।


नेपाल कर्म । २८ असार २०८०, बिहीबार २०:०२