सुर्खेत । जुम्ला घर भएकी राधिका बुढालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनर नगरपालिका–१२ हरियाली टोलबाट जुम्लाको चन्दननाथ नगरपालिका–६ की २२ वर्षीय राधिकालाई पक्राउ गरेको हो।
वीरेन्द्रनगर–१२ हिलेखालीमा स्थित लागूऔषध कारोबार भइरहेको गोप्य सुचनाको आधारमा तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरोबाट सादा पोशाकमा खटिएका ५ जनाको प्रहरी टोली खटिएको थियो।
प्रहरीले राधिकाको साथबाट नापतौल नगरेको १४ पुडिया (नाप तौल गर्दा शुद्ध तौल ६८० मि.ग्रा.) लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको हो।


साथै उनको साथबाट एक लाख २१ हजार ४५० रुपैयाँसहित बरामद गरेको हो। उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

नेपाल कर्म । २८ असार २०८०, बिहीबार ०८:०४