पठनपाठनको संस्कृति हराउँदै गयाे : ज्ञवाली

सुर्खेत । नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले वर्तमान सरकार अजिबको भएको टिप्पणी गरेका छन् ।संघीयता खारेजीको एजेण्डा बोक्नेदेखि १४ वटा प्रदेशको पक्षमा रहेका मधेसवादी पनि वर्तमान सरकारमा रहेको उनले बताए । यस्तो अजिबको सरकारबाट देशले निकास पाउन नसक्ने उनको जिकिर थियो ।



बुधबार नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनको सिद्धान्त भनेकै ‘मिलिजुली बसौँ, बाँढीचुढी खाऔँ’ भन्ने रहेको बताए ।

ज्ञवालीले कुनै पनि पार्टीको विचार र सिद्धान्त के हो भन्ने कुरा प्रधान भएको बताए । उनले भने,‘पार्टीलाई नयाँ पुराना भन्ने हैन, विचार र उसको सिद्धान्त के हो भन्ने कुरा महत्त्वपूर्ण हो ।’ ज्ञवालीले एमालेमा पठनपाठनको संस्कृति हराउँदै गएको बताए । ‘सातै प्रदेशका स्कुलहरू सञ्चालन गर्ने, ७७ वटै जिल्लामा पार्टी स्कुल विभागहरू सञ्चालन गर्ने र त्यसका लागि पार्टीको स्कुलिङ र जनपरिचालनका लागि सात जना केन्द्रीय कमिटीहरू खटिएको छन्,’ उनले भने । साथै उनले विज्ञान प्रविधिले फड्को मारिरहेको अवस्थामा पार्टीलाई सोहीअनुसार अघि बढाइनुपर्ने बताए ।

नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीको १० औँ महाधिवेशनले लिएको नीति अनुसार पार्टीले गति लिन नसकेको बताए । पार्टीको अवस्था राम्रो हुँदा–हुँदै पनि नतिजा सोचे जस्तो नआएको उनको भनाइ थियो । ‘हाम्रो व्यवहार राम्रो छैन, हामी अनुशासित हुनुपर्छ,’ उनी भन्छन् ।

एमालेका केन्द्रीय सदस्य तथा स्कुल विभाग कर्णाली संयोजक विष्णु रिजालले टिकटक हेरेर विचार बनाइए त्यो सबै सत्य नहुने तर्क गरे ।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा बुधवारदेखि ३१ असारसम्म चल्ने छ ।

कर्णाली प्र्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा असार २७ गतेदेखि असार ३१ गते पाँच दिनसम्म चल्ने छ। जसका कर्णाली प्रदेशका १० वटै जिल्लाका गरि करिब ५० भन्दा बढीकाे सहभागीता रहेको छ।

तपाईको प्रतिक्रिया