सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जरायो मारेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–१० नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

जरायो मारेर भाग लगाइरहेको गोप्य सूचना पाएपछि प्रहरी बुधबार विहान ३ बजे घटनास्थलमा पुगेको थियो । अनुसन्धानका क्रममा पहिलो चरणमा पाँच जना पक्राउ गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मणबहादुर शाहीले नेपालकर्मलाई जानकारी दिए ।
उनकाअनुसार घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता देखिएकाले पक्राउका लागि प्रहरी खटाइएको छ । घटना प्रभावित हुने भएकाले पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।


प्रहरीले घटनास्थलबाट जरायोको मासुसमेत बरामद गरेको जनाएको छ । काँक्रेविहार वन क्षेत्र संरक्षित जंगल हो । संरक्षित जंगलमा रहेका वन्य जन्तुलाई क्षती पु¥याउन थालेपछि जरायोदेखि अन्य जनावरहरु लोप हुदै गएका छन् ।

नेपाल कर्म । २७ असार २०८०, बुधबार ०९:३३