सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका–५ बबईबाट अवैध कपडा बरामद गरिएको छ। बबई चेकपोष्टमा खटिएका ६ जनाको प्रहरी टोलीले कपडा बरामद गरेको हो।
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा.प्र.०१.०२७ च १६२० नम्बरको गाडीलाईचेक जाँच गर्दा कुनै पनि बिल नभएको कपडा फेला पारेको थियो।

प्रहरीले उक्त गाडीबाट प्लाजु सेट थान ७३, कुर्ति १९३ पिस लेडिज कपडा बरामद गरेको हो। उक्त कपडा बबई पोष्टको नियन्त्रणमा राखिएको छ।


नेपाल कर्म । २६ असार २०८०, मंगलवार १७:२२