वीरेन्द्रनगरको बुलबुले गेट नजिक दुर्घटनाहुँदा एक घाइते

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१० वुलबुले गेट नजिक दुर्घटनाहुँदा एक जना घाइते भएका छन्। दैलेख चोकबाट मंगलगढी चोकतर्फ आउदै गरेको भे ५ प ५३४४ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउदै गरेको भे १ त ५४५६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो।



उक्त दुर्घटनाहुँदा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१० खजुरा बस्ने ३० वर्षीय घनश्याम बोहोरा घाइते भएका हुन्। उनको टाउको र अनुहारमा चोट लागेको र उपचारको लागि माया नर्सिङ होम सुर्खेत पठाएको कर्णाली प्रेदश प्रहरी कार्यालयले जनाएको छ।

ट्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने वर्ष २७ को मदन घर्ति र दुवै सवारी साधन नियन्त्रणमा ।

तपाईको प्रतिक्रिया