सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। मंगलबार प्रदेशसभाको २५ औँ बैठकमा बजेट पारित भएको हो।
अर्थमन्त्री बेदराज सिंहले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याएका थिए।

चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ.१९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको छ। बजेट असार १ गते संसदमा प्रस्तुत भएको थियो।


नेपाल कर्म । २६ असार २०८०, मंगलवार १५:५६