वीरेन्द्रनगरबाट लागूऔषधसहित बलबहादुर भारती पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाबाट लागूऔषधसहित बलबहादुर भारती पक्राउ परेका छन्। प्रहरीले नगरपालिका–३ मुलपानी चोक स्थित एक होटेलबाट पक्राउ गरेको हो।



मुलपानीमा रहेको उक्त होटलमा लागूऔषध कारोबार भइरहेको सुचनाका आधारमा तालुक कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्युरो सुर्खेतबाट खटिएको थियो।

उक्त प्रहरी टोलिले सोही ठाउँका अन्दाजी २६ वर्षीया भारतीबाट नापतौल नगरेको ४ पुडिया लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको थियो।

भारतीलाई लागूऔषध फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिई अवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।

तपाईको प्रतिक्रिया