हुम्लाको नाम्खा–५ मा वेवारिसे शव फेला

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–५ नारालेकमा अन्दाजी ५६ वर्षीय पुरषको वेवारिसे शव फेला परेको छ। असार २२ गते बिहान १० बजेको समयमा उक्त शव फेला परेको परेको हो।



५ फिट ६ इन्च उचाइ भएका, हेर्दा भारतीय नागरिकको जस्तो देखिने शरीरको माथिल्लो भागमा रातो किरमिरे फुलबुट्टे धर्का भएको सर्ट र तल्लो भागमा निलोमा कालो धर्का भएको धोती लगाएको पुरुष भएको प्रहरीले जनाएको छ।

उक्त पुरुषको शव फेला परेको सुचना आएपछि ईलाका प्रहरी कार्यालय हिल्सा र प्रहरी चौकी यारीको कार्यालयबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा खटिएको थियो।

यस्तै, प्रहरीले उक्त शवलाई प्रकृति मुचुल्का बनाएर जिल्ला अस्पताल सिमकोटको शव गृहमा राखिएको जनाएको छ। साथै उक्त पुरुषलाई कसैले चिनेको वा आफ्नो घर नजिकको भएमा शवको सनाखतको लागि प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया