स्वास्थ्यकर्मीका लागि ३ दिने तालिम शुरु

सुर्खेत । सामाजिक ब्यवहार परिवर्तन तथा सञ्चार र मानव केन्द्रति डिजाईन पद्धती सम्बन्धी तीन दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको छ। युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा बिरेन्द्रनगर नगरपालिका अन्तरगत स्वास्थ्य कर्मीहरुका लागि उक्त तालिम शुरु भएको हो।



बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले ३ दिने तालिमले स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत ब्यवहार र कार्य शैलीमा परिवर्तन ल्याउने विश्वास ब्यक्त गरे।

सामाजिक ब्यवहार परिवर्तन हरेक ब्यक्तिका लागि आवश्यक हुने भन्दै तालिम पश्चात कार्यशैलीमा केही परिवर्तन आउनुपर्नेमा जोड दिए.। नगरपालिका अन्तरगत स्वास्थ्यकर्मीहरुका लागि योजना गरिएको क्षमता अभिबृद्धी तालिमको आयोजना गर्ने युनिसेफ नेपाल र बास नेपाललाई धन्यबाद ज्ञापन गर्दै तालिमको सफलताको शुभकामना ब्यक्त गरे।

तालिमको उद्घाटन सत्रमा बोल्दै युनिसेफ नेपालका प्रकाश आचार्यले स्वास्थ्य अन्तरगत हुने कार्यमा सहकार्य गर्दै स्वास्थ्यको पहुँचबाट टाढा रहेका ब्यक्तिलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउन सहयोग गर्ने बताए।

उनले स्वास्थ्य सुचकहरु सुधार गर्न पहल तथा पैरबी गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताए। बास नेपालका कार्यक्रम प्रबन्धक हेमराज भट्टले स्वागत गरेको उद्घाटन सत्रमा धन्यबाद ज्ञापन सहित उद्घाटन सत्रको समापन बासका कर्णाली प्रदेश संयोजक धिरेन्द्रबहादुर शाहीले गरेका थिए।

तीन दिनसम्म चल्ने तालिमको पहिलो दिन सामाजिक ब्यवहार परिवर्तनका विभिन्न विषयमा युनिसेफ नेपालका प्रकाश आचार्य र सिनियर जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले सहजिकरण गरेका थिए।

तालिममा वीरेन्द्रनगर नगरपालिका अन्तरगत २० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ। बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदुरपश्चिम प्रदेशका १२ ओटा पालिकामा सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया