सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट भेरीगंगा नगरपालिका–५ बबईबाट अवैध चिनी बरामद गरेको छ। प्रहरीले नेपालगञ्जदेखि बोटेचौर सुर्खेततर्फ जादै गरेको भे १ क ५५९ नम्बरको मिनी ट्रकबाट चिनी बरामद गरेको हो।
अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त ट्रकमा बिल नभएको चिनी फेला पारेको थियो।

प्रहरीले १६ हजार बराबरको २ क्विनटल चिनि बरामद गरी अस्थायी प्रहरी पोष्ट बबईमा राखिएको जनाएको छ।


नेपाल कर्म । २५ असार २०८०, सोमबार १३:४१