वीरेन्द्रनगर–५ राधाकृष्ण मन्दिर नजिकै लागूऔषध कारोबार, तीन पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–५ राधाकृष्ण मन्दिर नजिकै लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनामा पक्राउ गरेको हो।



वीरेन्द्रचोक पिकेट डिउटिमा खटिएको २ जनाको प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको सुर्खेत प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर–५ बस्ने २६ वर्षीय अम्मर वि.क., २२ वर्षीय राजन के.सी र ३२ वर्षीय ढकेन्द्र वि.क. रहेका छन्।

उनिहरुबाट प्रहरीले नापतौल गर्दा शुद्द (८० मिलिग्राम) रहेको लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको थियो।

त्यसपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएको छ।

तपाईको प्रतिक्रिया