सुर्खेत । कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० का लागि तीन जना पत्रकारको नाम सिफारिस भएको छ। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पुरस्कारका लागि आइतबार तीन पत्रकारको नामावली प्रकाशन गरेको हो।
कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि–२०८० बमोजिम मन्त्रालयले असार १५ गते पुरस्कारका लागि आवेदनको सुचना प्रकाशित गरेको थियो।


उक्त सुचनामा तोकिएको म्यादभित्र मन्त्रालयको विद्युतीय प्रणालीमा दर्ता हुन आएका आवेदनहरुको कार्यविधि अनुसार मुल्याङ्कन गरि तीन जना पत्रकारको नाम छनौट गरेको मन्त्रालयले जनाएको छ।
यस्तै, कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृतका लागि आइतबार बसेको मन्त्रीस्तरीय निर्णयअनुसार पत्रकारहरुको नामावली तयार पारिएको हो।

छनौट भएका पत्रकारहरु तीनै जना दैलेखका रहेका छन्। जसमा दैलेखको ठाटीकाँध गाउँपालिका–१ का पंखबहादुर शाही (रातोपाटी डटकम), सोही ठाउँका भक्तबहादुर शाही (ग्यालेक्सी फोरके) र डुङ्गेश्वर गाउँपालिका–२ का हिक्कतबहादुर नेपाली (अन्नपूर्ण पोष्ट दैनिक) रहेका छन्।
उनिहरुलाई जनही ५० हजार राशीकाे पुरस्कार र प्रमाण–पत्रसहित पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ।
यस्तै, कर्णाली प्रदेश पत्रकारिता पुरस्कार–२०७९ (प्रादेशिक पत्रकार पुरस्कार) सुर्खेतका ललितबहादुर बुढा, चाँदनी कठायत र सल्यानकी सरिता चलाउनेलाई प्रदान गरिएको थियो।

नेपाल कर्म । २५ असार २०८०, सोमबार ०५:४५