लागूऔषधसहित वीरेन्द्रनगरबाट एक पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–३ मुलपानीचोक प्रहरीले लागूऔषधसहित रोशनी वलीलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–३ की १७ वर्षीय रोशनीलाई पक्राउ गरेको हो।



प्रहरी चौकी बाङ्गेसिमलबाट खटिएको ५ जनाको प्रहरी टोलीले भुरेलीबाट मुलपानी चोक तिर आउँदै गरेको भे ९ प ३६५ नम्बरको स्कुटिलाई चेकजाँच गरेको थियो।

चेकजाँच गर्दा रोशनीको साथबाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको २ पुडिया फेला पारेको हो।

उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाएको छ।

तपाईको प्रतिक्रिया