सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका–१ घर भई वीरेन्द्रनगर नगरपालिका–२ बस्ने अन्दाजी १६ वर्षीयाको बिशाल शाही पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको ४ जनाको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–३ यरीचोकबाट पक्राउ गरेको हो।
बिशाललाई शंका लागी चेक जाँच गर्ने क्रममा उनि बाट २ पुडिया ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको थियो।


उक्त धुलो पदार्थ नापतौल गर्दा शुद्ध १२० मिलिग्रामसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिउएको छ।

नेपाल कर्म । २४ असार २०८०, आईतवार १९:१२