सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ गुप्तीपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरोबाट खटिएको ५ जनाको प्रहरी टोलीले ओमबहादुर सार्कीलाई पक्राउ गरेको हो।
वीरेन्द्रनगर–१३ बाट ३० वर्षीय विक्रम भन्ने ओमबहादुरलाई शंकास्पद लागि चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारेको थियो।
उनको साथबाट प्रहरीले नापतौल नगरेको १ पुडिँया लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलोपदार्थसहित पक्राउ गरेको हो।


उनलाई अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ।

नेपाल कर्म । २४ असार २०८०, आईतवार १८:५२