महावै गाउँपालिकाद्वारा ‘बृहत शैक्षिक सम्मेलन’

सुर्खेत । कालीकोटको महावै गाउँपालिकाले ‘बृहत शैक्षिक सम्मेलन’ गरेको छ। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको प्रमुख आतिथ्यतामा र पालिका अध्यक्ष खेमबहादुर सिंहको अध्यक्षतामा सम्मेलन भएको हो।



समग्र गाउँपालिकाको शैक्षिक सुधार र उन्नयनका लागि भएको शिक्षा सम्मेलनमा बोल्दै उपकुलपति प्रा.डा. सिंहले आफु २८ वर्षपछि आफ्नो जन्मस्थल डिल्लीकोट, महावै फर्किदा यातायात, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ लगायतको क्षेत्रमा उल्लेखनीय परिवर्तन अनुभूति भएको कुरा व्यक्त गरे।

उनले आफ्नो बाल्यकाल सम्झिदै आफुले कठीन परिस्थितिका बाबजुत शिक्षा हासिल गर्नुपरेता पनि अहिले त्यो अवस्था नरहेको र सम्पूर्ण महावैवासीले आ(आफ्नो छोरा(छोरीहरुलाई विद्यालय भर्ना गरी उनीहरुको उज्ज्वल भविष्य निर्माणमा जुट्नुपर्ने कुरा उल्लेख गरे।

साथै शैक्षिक क्षेत्रमा रहेका विकृति र पछौटेपनलाई हटाउदै गुणस्तरीय शिक्षाका लागि सबैले जुट्नु पर्ने बताए।

उपकुलपतिको नेतृत्वमा ग्र्याजुएट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजी तथा इञ्जिनियरिङ्गका डीन सह(प्राडा। सुदीप ठकुरी, उपकुलपति कार्यालयका सूचना प्रविधि विज्ञ उप.प्रा. पन्चदेव भट्ट, इन्जिनियरद्वय सुनिल तिवारी र विरेन्द्र सिंह सम्मिलित पाँच सदस्यीय टोलीले लसुनढुङ्गा स्मार्ट सिटी अध्ययनको कार्य सुरु गरेको हो।

शैक्षिक सम्मेलनमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी र अभिभावकबीच अन्तरक्रिया तथा छलफल गरी ८ बुँदे ‘महावै गाउँपालिका वृहत शैक्षिक सम्मेलन घोषणा पत्र–२०८०’ सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया