कर्णाली प्रदेश रंगशालाको भौतिक प्रगति ६० प्रतिशत

६५ करोड ८५ लाख खर्च

सुर्खेत । कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधिन प्रदेश रंगशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भौतिक प्रगति ६० र वित्तिय प्रगति ४६ प्रतिशत रहेको छ। हालसम्म रंगशालामा दर्शक प्याराफिटमा ४ हजार कुर्सिहरुको जडान कार्य सकिएका, भिआईपीतर्फको प्याराफिटमा सिभिल निर्माण कार्यको अन्तिम चरणमा रहेको र जसको फिनिसिङ र छाना निर्माण कार्य बाँकी रहेको छ।



यस्तै, रंगशालमा पौडीपोखरी, व्यावसायीक सटर गेट निर्माण कार्यको सिभिल स्टकचर कार्यको अन्तिम चरण, फुटबल मैदानमा दुबो लगाई स्तर वृद्धिको कार्य जारी, भईरहेको छ एथलेटिक्स ट्याकको सब बेस र नाली निर्माण सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य जारी रहेको छ।

निर्माणाधिन रंगशालाको कार्य तोकिएको समय भित्र सम्पन्न गर्ने गरी तालिका अनुसार नै काम अगाडी बढेको र हालसम्म ६५ करोड ८५ लाख रकम खर्च भएको खेलकुद परिषद्ले जनाएको छ। परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालका अनुसार आगमी वर्ष २०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माणको कामलाई निरन्तर अगाडी बढाएको जानकारी दिए।

यस्तै, १०औं राष्ट्रिय खेलकुदका लागि कर्णालीले २ अंकको स्वर्ण पदकसहित उत्कृष्ट खेल प्रदर्शनीको लागी कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३औं बोर्ड बैठकले कर्णाली प्रदेशका खेलहरुलाई (क), (ख) र (ग) श्रेणीमा वर्गिकरण गरि प्रशिक्षण र प्रतियोगिता सन्चालन गर्ने निर्णय गरेको छ।

यसैअनुसार (क) श्रेणीमा एथलेटिक्स, उस आइटिफ करोते र तेक्वान्दो गरि ५ वटा रहेका छन भने (ख) श्रेणीमा ७ वटा वक्सीङ, फुलकन्ट्याक्ट कराँते, जुडो, हक्की, रग्बी, हेन्डवल र बास्केटवल) त्यसैगरी (ग) श्रेणीमा १० वटा (कवडी, डॉकेट, खाेखाे, व्याडमिन्टन, भलिवल, भारोतगोन, फुटवल टिमको खेललाई वर्गीकरण गरिएको।

यी वर्गिकरण भर्खरै सम्पन्न भएको नवांै राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानी तयारी गरिएको सदस्यसचिव सञ्ज्यालले जानकारी दिए।

यस्तै, २०७९ असोज २८ देखि कातिक ३ गतेसम्म पोखरामा सन्चालन भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगीताको प्रदेश छनौटको लागी जम्मा एक हजार दुई सय ३६ जना खेलाडी सहभागी भएकोमा यस मध्य कर्णाली प्रदेशबाट ३० वटा खेलमा ५ सय ४ जना खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए।

उक्त प्रतियोगितामा कर्णाली प्रदेशले २ वटा स्वर्ण पदक, ४ रजत र १२ कास्य गरी जम्मा १८ वटा पदक प्राप्त गर्ने र प्रतियोगिताको छनोट प्रशिक्षण र सहभागिता अन्तरगत दुई करोड ५० लाख खर्च भएको छ।

यस्तै, गत वैशाख १५ गतेदेखि १७ गतेसम्म काठमाण्डौंमा सन्चालन भएको केन्द्रीय १३ औँ राष्ट्रपति रनिङसील्ड प्रतियोगितामा कर्णाली प्रदेशले मधेस प्रदेश र गण्डकी प्रदेशलाई पछाडी पार्दे ४ स्वर्ण पदक, ३ रजत पदक र १० कास्य सहित जम्मा १७ वटा पदक प्राप्त गरि ५ औँ स्थान हासील गरेको थियो। यस प्रतियोगिताको सन्चालन, प्रशिक्षण र सहभागितामा ७० लाख खर्च भएको खेलकुद परिषद्ले जनाएको छ।

यस्तै, खेलकुद परिषद्ले कर्णाली प्रदेशबाट विभिन्न अन्तराष्ट्रिय स्तरका पदक प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कार स्वरुप २७ लाख ५५ हजार खर्च भएको छ ।

तपाईको प्रतिक्रिया