वीरेन्द्रनगरमा यौन व्यवसायको गोप्य सुचना : १२ महिला, ५ पुरुष पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरका विभिन्न स्थानबाट यौन व्यवसायमा संलग्न भएको आरोपमा १२ महिला पक्राउ परेका छन्। वीरेन्द्रनगरमा सञ्चालित विभिन्न होटलहरुबाट प्रहरीले उक्त महिलाहरुलाई पक्राउ गरेको हो।



सांकेतिक तस्वीर

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शनिबार दिउँसो कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा यौन व्यवसाय भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले छापा हानेको थियो।

सुर्खेतका डिएसपी लक्ष्मणबहादुर शाहीले १२ जना महिला र ५ जना पुरुष गरेर १७ जना पक्राउ गरेको नेपालकर्मलाई जानकारी दिए। उनले भने, ‘प्रहरीलाई अवैध रुपमा यौन व्यवसाय सञ्चालन भइरहेको भन्ने गोप्य खबर आएको थियो। त्यसै अनुसार वीरेन्द्रनगरका विभिन्न होटलमा छापा हानेर उनिहरुलाई पक्राउ गरेको हो। उनिहरू माथि भोली थप अनुन्धान हुन्छ।’

पछिल्लो समय वीरेन्द्रनगरमा अवैध रुपमा यौन व्यवसाय सञ्चालन भइरहेकाे गुनोसो प्रहरी कहाँ बढ्दै आएको छ।

प्रहरीमा यौन व्यवसाय सञ्चालन गरेको गुनासो र सूचना बढी आउन थालेपछि प्रहरी आफ्नो एक्सनमा उत्रिएको हो। प्रहरीले पक्राउ परेकाहरूको पहिचान खुलाएको छैन्।

तपाईको प्रतिक्रिया