सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले विपद् व्यवस्थापनको तयारी थालेको छ। बर्खायामको समयमा जुनसकैबेला हुनसक्ने जोखिमलाई न्युनिकरण गर्नका लागि तयारीमा जुटेकाे हो।
शनिबार बिहान बसकेको विपद् व्यवस्थापन समितिको बैठकले वीरेन्द्रनगरका १६ वटै वडाको यही महिना भित्र वडा विपद् व्यवस्थापन बैठक बसि आवश्यक पूर्वतयारी थाल्न निर्देशन गरेको छ।


नगरप्रमुख महोनमाया ढकालले विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय प्रशासनसँग नगरपालिकाले समन्वय गरेर पालिकामा रहेका विपद्का सामाग्राहीहरु सहित पूर्वतयारीमा रहने गरि एयटा सयन्त्र बनाउने निर्णय भएको जानकारी दिइन्।

यस्तै, नगरपालिका वडा नम्बर १२, १३, १४, १५ र १६ मा पहिरो जान सक्ने ठाउँको पहिचान गरि सचेतना फैलाउने र विपद्बाट हुने घटनाको तत्काल उद्धारका लागि सामाग्रीहरु तयारी राख्ने निर्णय भएको छ।
यस्तै, डुबान क्षेत्र रहेका वडा नम्बर १, २, ३, १० र ११ मा स्थलगत अनुगमन गरेर पानी निकास हुने स्थान खुल्ला छन् की बुजिएका छन् त्यसको जानकारी लिने र आवश्यक तयारी थाल्ने नगरपालिकाले जनाएको छ।
साथै नगरपालिकाले विपद्बाट बच्नका लागि स्थानीय प्रशासन नगरपालिका र रेडक्रस सोसाइटिसँग समन्वय गरि आवश्यक जनशक्ती, सामाग्री, पालिकाको डोजर र उद्धारका अन्य सामग्रीहरु तयारीका साथ राखेको जनाएको छ।

नेपाल कर्म । २३ असार २०८०, शनिबार ११:१०