सुर्खेत । नेपाली काँग्रेस वीरेन्द्रनगर सुर्खेतका नगर सभापति उपेन्द्रबहादुर खड्कालाई पृतिशाेक परेकाे छ। खड्काका पिता ८३ वर्षीय कृष्णहादुर खड्काकाे निवासमै शनिवार निधन भएको हाे।

पक्षघात र उच्च रक्तचापबाट पीडित खड्का लामाे उपचारपछि घरमै राखिएको थियाे। वीरेन्द्रनगर-६ भगवती टाेलमा बस्दै आएका खड्काका चार छाेरा र दुई छाेरी छन्।


खड्कालाई शनिवार दिउँसो भेरी नदीमा अन्त्यष्टी गरिने परिवार स्राेतले जनाएको छ।

नेपाल कर्म । २३ असार २०८०, शनिबार १०:२३