सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ। आज (शनिबार) बिहान ११ बजेदेखि बेलुका ५ बजे सम्म ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको हो।
वीरेन्द्रनगरको बुलबुले फिडर अन्तर्गतबाट जाडान् भएका सबै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत तिवरण केन्द्रले जनाएको छ।
प्राधिकरणका अनुसार बुलबुले फिडर अन्तर्गत बुदबुदी सव–स्टेसनदेखि मंगलगडी चोकसम्मको ११ केभी लाईन मर्मत कार्य हुने भएकाले विद्द्युत सेवा अवरुद्ध हुने भएको हो।

बुदबुदी सव–स्टेसनदेखि मंगलगढी, एरी चोक, मुलपानी चोक, प्रदेश अस्पताल, रेडियो नेपाल, टेम्पुपार्क, फलाटे, बराहताल गाउँपाकिालको रानिघाटहुँदै सिरिचैरसम्म विधुत बन्द हुने सुर्खेत वितरण केन्द्रले जनाएको छ।

यस्तै, शनिबार सोही समयमा पिपिरा फिडर अन्तर्गत दमारदेखि बड्डिचैरसम्म पनी लाइन मर्मत हुने भएकाले उक्त क्षेत्रमा पर्ने सबै विद्युत सेवा ६ घण्टाका लागि अवरुद्ध हुने छ।
साथै प्राधिकरणले समयमै काम सकिएपछि तोकिएको समय अगाडी बत्ति आउने बताएको छ।

नेपाल कर्म । २३ असार २०८०, शनिबार ०९:५८